चितवनका दर्शकसंग पुष्प र साम्राज्ञी
भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को टिम अहिले प्रचारप्रसारको लागी नेपाल टुरमा हिंडेको छ । इटहरी पछी चितवन पुगेको टिमले चितवनमा भव्य कन्सर्ट गरेको छ । चितवनको नारायणी नदी किनारमा आयोजना भएको कन्सर्टमा हजारको आसपासमा दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकारहरु पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्मो दुई गीत ‘जाम न माया जाम’ र ‘सक्दिन म बाँच्न’ मा नृत्य गरेका थिए ।
कार्यक्रममा बोल्दै फिल्म राम्रो बनेकोले हलमा गएर हेर्न उनीहरुले आग्रह गरेका थिए । फिल्मकी निर्माता पुनम गौतमले आफ्नो घर नै चितवन भएकोले आउन लागेको तीजमा माइतीलाई ‘मारुनी’ कोसेली लिएर आएको बताईन् । यस्तै, निर्देशक नवल नेपालले आफुले मुटु छुने फिल्म बनाएकोले सबैलाई हेरिदिन आग्रह गरे । कार्यक्रममा गायक कृष्ण काफ्लेले पनि गीत गाएर दर्शकहरु लाई नचाएका थिए । चितवन पछी भदौ ७ गते पोखरा, ८ गते बुटवल र ९ गते नेपालगन्ज मा कार्यक्रम हुनेछ ।
प्रतिक्रिया