सरकारको निर्णय प्रति दिपकको झटारो

हिजोमात्रै सरकारले एउटा निर्णय गरेको छ । हलमा फिल्म देखाउन अघि रास्ट्रीय गान बजाउनै पर्ने । आगामी असोज ३ अर्थात संबिधान दिवसको अवसर पारेर उक्त नियम कार्यन्वयनमा लाउने सरकाको तयारी रहेको छ । यसै बीच फिल्मकर्मी दिपक राज गिरीले उक्त निर्णय प्रति व्यंग्य गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै लेखेका छन् :

ओहो सरकारले गज्जब निर्णय गरेछ सिनेमा हलमा राष्ट्रीय गान बजाउनै पर्ने रे मान्नै पर्छ बा अब भने नेपाल र नेपाली फिल्मको बिकास हुने नै भो…बिकासबोर्डले केहि गर्न सकेन भन्नेहरू हेर्नुस … नयॉ अध्यक्ष आउने बित्तिकै कत्रो परिवर्तन…

उनको बिचार सरकार प्रति भन्दा पनि बिकास बोर्ड र बोर्ड अध्यक्ष केशव भट्टराईतर्फ इंगित छ । समसामयिक विषयमा आफ्नो बिचार ब्यक्त गर्ने दिपकले यस बिषयमा पनि छिट्टै मुख खोलेका छन् ।