‘राँको’ निर्देशक किशोर रानाको निधन

नेपाली फिल्म निर्देशक किशोर रानाको निधन भएको छ । उनको बुधबार दिउँसो सवा तीन बजे ६४ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समय बाट मिर्गौलाको रोगले थालिएका थिए ।

उनले ऐतिहासिक फिल्म ‘सीमारेखा’ निर्देशन गरेका थिए भने पहिलो सिनेमास्कोप फिल्म ‘राँको’ समेत बनाएका थिए । फिल्म कर्जामार्फत उनले नायक धिरेन शाक्यलाई डेब्यु थिए । उनकी श्रीमती गायिका संगीता राना प्रधान रहेकी छन् ।