एसपी मल्ल लगायत ३बिरुद्ध पुर्व बोर्ड अध्यक्ष पौडेलको जाहेरी

पुर्व चलचित्र विकाश बोर्ड अध्यक्ष तथा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले भिडियो किर्ते गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकराम पुँडासैनीको आत्महत्या सम्बन्धी भिडियोलाई लिएर बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

निकिताले दिएको उजुरी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाको विरुद्ध छ । पत्रकार पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ ।