सिजी कामना फिल्म अवार्ड्स : उत्कृष्ट पाँच मनोनयन सूचि सर्वाजनिक

सिने मासिक कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी कामना फिल्म अवार्ड्स २०७६ को उत्कृष्ट पाँच मनोनयन सूचि सर्वाजनिक गरेको छ । यस वर्षको कामना फिल्म अवार्डस् २०७६ को सर्वोत्कृष्ट चलचित्र विधामा छक्का पञ्जा ३, डमरुको डण्डी वियो, नाई नभन्नु ल ५, प्रसाद र साइलीबीच प्रतिष्पर्धा हुने भएको छ भने सर्वोत्कृष्ट अभिनेतामा खगेन्द्र लामिछाने, विपिन कार्की, गौरव पहाडी र निखिल उप्रेतीबीच प्रतिस्पर्धा देखिएको छ । यो विधामा विपीन २ चलचित्रबाट मनोनयनमा परेका छन् भने सर्वोत्कृट अभिनेत्रीमा दीपिका प्रसाईं, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पूजा शर्मा र शिल्पा पोखरेल प्रतिस्पर्धामा छन् ।

आयोजकका अनुसार २६ प्रतिस्पर्धात्मक विधामध्ये लोकप्रिय १४ विधामा एसएमएस भोटको समेत व्यबस्था गरिएको छ । सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नवअभिनेता, नवअभिनेत्री, नवनिर्देशक, सहअभिनेता, सहअभिनेत्री, खलपात्र, हास्यकलाकार, संगीतकार, पाश्र्वगायक र पाश्र्वगायिका विधामा दर्शकको एसएमएस भोटबाट १० प्रतिशत र निर्णायक मण्डलको मूल्यांकनका आधारमा ९० प्रतिशत अंक जोडी विजेता घोषणा गरिनेछ ।

नेपाली फिल्म र फिल्मकर्मीको सम्मानकै खातिर सिजी कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्वेय प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको दुखद् निधनकाबीच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको अवार्ड आयोजक समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले जनाएका छन् । निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनुभएका श्रेष्ठप्रति सच्चा श्रद्वाञ्जली हुने विश्वास पब्लिकेसन्स्ले लिएको उनले जनाएका छन् ।

उत्कृष्ट पाँच
उत्कृष्ट फिल्म
छक्का पञ्जा ३
डमरुको डण्डीबियो
नाई नभन्नु ल ५
प्रसाद
साईंली

उत्कृष्ट निर्देशक
मिलन चाम्स – बोबी
दिपाश्री निरौला – छक्का पञ्जा ३
विकासराज आचार्य – नाई नभन्नु ल ५
दिनेश राउत – प्रसाद
रामबाबु गुरुङ – साईंली
रामशरण पाठक – सयकडा दस

उत्कृष्ट नवनिर्देशक
चक्कर – अनुष्क रौनियार
वसन्त अधिकारी – जानी नजानी
छेतन गुरुङ – डमरुको डण्डीवियो
सम्राट शाक्य – यात्रा
संगीता श्रेष्ठ – कथा काठमाडौं

उत्कृष्ट अभिनेता
खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो
विपिन कार्की – गोपी
विपिन कार्की – प्रसाद
गौरव पहारी – सार्इंली
निखिल उप्रेती – भिलेन

उत्कृष्ट अभिनेत्री
दिपिका प्रसाईं – छक्का पञ्जा ३
मेनुका प्रधान – सार्इंली
नम्रता श्रेष्ठ – प्रसाद
पूजा शर्मा – रामकहानी
सिल्पा पोखरेल – भिलेन

उत्कृष्ट नवअभिनेत्री
सुहाना थापा – ए मेरो हजुर ३
कविता गुुरुङ – बोबी
निरिषा बस्नेत – जानी नजानी
सुपुष्पा भट्ट – रणवीर
मलिका महत – यात्रा

उत्कृष्ट नवअभिनेता

कपील खत्री – भिलेन

उत्सव न्यौपाने – सयकडा दस

अभिषेक नेपाल – नाइं नभन्नु ल ५

उमेश थापा – बोबी

किशोर खड्का – बाँध मायाले

 

उत्कृष्ट सहअभिनेत्री

ऋचा शर्मा – चक्कर

नम्रता श्रेष्ठ – जानी नजानी

सन्ध्या केसी – कथा काठमाडौं

प्रियंका कार्की – नाई नभन्नु ल ५

रश्मी भट्ट – सयकडा दस

 

उत्कृष्ट सहअभिनेता

जितु नेपाल – छक्का पञ्जा ३

अनुुप बराल – डमरुको डण्डीवियो

दयाहाङ राई – साईंली

मनोज गजुरेल – सयकडा दस

सलोन बस्नेत – यात्रा

 

उत्कृष्ट खलपात्र

धु्रव कोईराला – भिलेन

प्रसान्त ताम्राकार – रणवीर

निश्चल बस्नेत – प्रसाद

प्रमोद अग्रहरी – कथा काठमाडौं

अर्पण थापा – चक्कर

 

उत्कृष्ट हास्य कलाकार

केदार घिमिरे – छक्का पञ्जा ३

केदार घिमिरे – रामकहानी

रविन्द्र झा – रामकहानी

राजाराम पौडेल – बाँध मायाले

विल्सनविक्रम राई – रामकहानी

 

उत्कृष्ट बालकलाकार

अनुभव रेग्मी – भैरे

अनुभव रेग्मी – नाईं नभन्नु ल ५

कुसाग्र भट्टराई – कोहलपुर एक्सप्रेस

लक्की भण्डारी – चङ्गा

सेड्रीना शर्मा – नाईं नभन्नु ल ५

 

उत्कृष्ट कथा

दीपकराज गिरी – छक्का पञ्जा ३

खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो

दिपेन्द्र लामा – गोपी

रामबाबु गुरुङ – साईंली

सम्राट शाक्य – यात्रा

 

उत्कृष्ट पटकथा

रामसरण पाठक – सयकडा दस

सुसिल पौडेल – प्रसाद

विकासराज आचार्य र सामिप्यराज तिमल्सीना – नाईं नभन्नु ल ५

खगेन्द्र लामीछाने – डमरुको डण्डीवियो

दीपकराज गिरी – छक्का पञ्जा ३

 

उत्कृष्ट संवाद

सुसिल पौडेल – प्रसाद

रामसरण पाठक – सयकडा दस

रामबाबु गुरुङ – साईंली

खगेन्द्र लामिछाने – डमरुको डण्डीवियो

दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३

 

उत्कृष्ट गीतकार

दिपेश उप्रेती – डुली डुली/यात्रा

कालीप्रसाद बास्कोटा – बगी रहेँ/साईंली

दिनेश थपलिया– तिम्रो आँखामा/नाईं नभन्नु ल ५

विप्लव प्रतिक – तेरो आफ्नो भन्नु/गोपी

एकनारायण भण्डारी – जिन्दगी नै भन्दिनं/ए मेरो हजुर ३

 

उत्कृष्ट सङ्गीतकार

कालीप्रसाद बास्कोटा – बगी रहें/सार्ईली

बसन्त सापकोटा – तिम्रो आँखामा/नाईं नभन्नु ल ५

बसन्त सापकोटा – आँखाको नानी/बोबी

सरोज पोखरेल – तिम्रो स्वरमा/अनुराग

आशिष अविरल – जिन्दगी नै भन्दिनं/ए मेरो हजुर ३

 

उत्कृष्ट पाश्र्वगायक

सुगम पोखरेल – तिम्रो लागि/रामकहानी

सुगम पोखरेल – सँगै सँगै/बाँध मायाले

प्रतापदास – तिम्र्रोे स्वरमा/अनुराग

हेमन्त राना – बगी रहें/साईली

डेविड शंकर – पहिलो नम्बरमा/छक्का पञ्जा ३

 

उत्कृष्ट पाश्र्वगायिका

मेलिना राई – डुली डुली/यात्रा

अञ्जु पन्त – झ्यानाकुटी झ््यार्इं/भिलेन

मेलिना राई – तिम्रो आँखा/नाईं नभन्नु ल ५

मेलिना राई – सान्नानीलाई/भैरै

अञ्जु पन्त – सँगै सँगै/बाँध मायाले

 

उत्कृष्ट नृत्य निर्देशक

प्रविण सिंह – परान परान/ए मेरो हजुर ३

कविराज गहतराज – सन्नानीलाई/भैरे

कविराज गहतराज – पहिलो नम्बरमा/छक्का पञ्जा ३

कविराज गहतराज – तिम्रो आँखौमा/ नाईं नभन्नु ल ५

कविराज गहतराज – तिम्रो लागी/रामकहानी

 

उत्कृष्ट द्वन्द निर्देशक

सूर्य थोक्कर – भैरे

शुक्रराज शाह – भिलेन

रोशन श्रेष्ठ – बाँध मायाले

हिमाल केसी – यात्रा

चन्द्र पन्त – रणवीर

 

उत्कृष्ट छायांकन

रविन आचार्य र अनुष्क रौनियार – चक्कर

हरि हुमागाईं – डमरुको डण्डीवियो

पुरुषोत्तम प्रधान – नाईं नभन्नु ल ५

राजेश श्रेष्ठ – प्रसाद

सौरभ लामा र मदन कश्यप घिमिरे – भिलेन

 

उत्कृष्ट सम्पादन

निमेष श्रेष्ठ – साईंली

लोकेस बज्राचार्य – प्रसाद

अर्जुन जिसी – नाईं नभन्नु ल ५

निमेष श्रेष्ठ – डमरुको डण्डीवियो

विपिन मल्ल – छक्का पञ्जा ३

 

उत्कृष्ट पाश्र्वसङ्गीत

सैलेस श्रेष्ठ – ए मेरो हजुर ३

एलिष कार्की – भैरे

संगम पन्च र पुष्प पलान्चोकी – चक्कर

एलिष कार्की – डमरुको डण्डीवियो

एलिष कार्की – नाईं नभन्नु ल ५

 

उत्कृष्ट ध्वनी मिश्रण

सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३

मुकेष शाह – बोबी

मुकेष शाह – डमरुको डण्डीवियो

मुकेष शाह – नार्इं नभन्नु ल ५

उत्तम न्यौपाने – प्रसाद

 

उत्कृष्ट श्रृंगार

श्याम लामा – चक्कर

दिपु पौडेल – डमरुको डण्डीवियो

सरोज बुढाथोकी – जानी नजानी

श्याम बराल – नार्इं नभन्नु ल ५

सरोज बुढाथोकी – भिलेन