सुमिता राईको ‘हरेक साँझ’ (भिडियो)

बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तान बिशेस आतिथ्यमा गायिका सुमिता राईको गायन रहेको एकल एल्बम ‘सगुन‘ सार्वजनिक गरिएको  छ । मुकेश राई, प्रतिक चामलिंग, निर्मल परिबेश राई र कुमार बिबाहितको शब्द, बिक्रम राई, मन थुलुङ्ग राई, पुजन लोह्गन, कुमार बिबाहित र शिला बहादुर मोक्ताको सङ्गीत तथा एरेन्जमेन्ट संजय हमाल,शिला बहादुर मोक्तान,रिदन कंडेल,फणिन्द्र राई,हरि लम्शाल र पुरुसोत्तम सुबेदिको रहेको छ ।

एल्बमको ‘हरेक साँझ’ बोलको गीतलाई नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन् । जहाँ गायिका सुमिता राई र खरुन राई फ़िचर्ड भएका छन् । जहाँ दुईको केमेस्ट्री रोमान्टिक देखिएको छ । नयाँ र नौलो प्रयोग गरिएर खिचिएको गीतमा उमिशा पाण्डेको मेकअप, दिपेन्द्र बस्न्यातको छायांकन र दिपेन्द्र बस्न्यातकै सम्पादन देख्न सकिन्छ । गीतलाई निर्माण लगानी खरुन राईले गरेका छन् ।