फिल्म ‘मेतोक’ ट्रेलर

ह्योल्मो भाषामा निर्माण भएको पहिलो फिल्म ‘मेतोक’ को ट्रेलर सार्वजनिक भएको छ । अल्पसंख्य ह्योल्मो जातिको भाषा र कथामा बनाइएको ट्रेलरमा नेपाली भाषाको फिल्म भन्दा कम मेकिङ्ग क्वालिटी देखिदैन । ठिलेन इन्टरटेनमेन्टको प्रस्तुती तथा ठिलेन लामाको निर्देशनमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन पूरा भइसकेको र यही वर्ष रिलिज गर्ने तयारी निर्माण टिमको छ । हाल यो फिल्म सिने जोन स्टुडियोमा सम्पाद भैरहेको छ । फिल्मले केही हदसम्म भए पनि ह्योल्मो भाषा र सांस्कृतिको जगेर्ना गर्ने निर्देशक लामाले बताएका छन् ।

बिना सम्झौता फिल्म निर्माण गरेको निर्मात्री सर्किनी ज्याबा ह्योल्मोको भनाई छ । निर्देशक लामाको कथा र आगत के.सीको पटकथा तथा संवाद रहेको फिल्मले एक युवक र युवतीको प्रेमकथा वाचन गर्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ठिलेनले यसअघि ऋषि धमालाले निर्माण भएको फिल्म अनुरागमा कलाकारको रुपमा काम गरेका थिए । फिल्ममा ठिलेन लामा, ओमु निमा डोल्मा लामा, दावा दोर्जे लामा, डोमा ह्योल्मो, छेम्बेल ह्योल्मो, भिम ज्याबा, कान्छीमाया ह्योल्मो लगायतको अभिनय छ । दावा डी. ह्योल्मोको संगीत रहेको फिल्मको सन्देश शाहले सम्पादन गरिरहेका छन् । राम कुमार के.सी. ले फिल्मको छायाँकन गरेका हुन् ।