एसियन मार्केटमा विनोदको दोस्रो फिल्म
निर्देशक विनोद पौडेलको दोस्रो फिल्मको स्क्रिृप्ट एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । विश्वभरका ६० देशबाट प्राप्त ३८४ वटा स्क्रिप्टबाट पोडेलको स्किृत अन्तिम २९ मा अटाएको हो । भुटानी शरणार्थीको कथामा बन्ने फिल्मलाई पौडेलले ‘एक्रोन इन्टरनेसनल’ नाम दिएका छन् ।
एसियाका फिल्ममेकरलाई वल्र्ड सिनेमासम्म पुर्याउने उद्देश्यले सुरु भएको एपीएममा यो साल राजेश खत्रीले बनाउन लागेको श्याम श्वेत तस्बिर पनि छनोट भएको छ । यो फिल्मलाई मिन भामले निर्माण गर्न लागेका हुन् । ‘एक्रोन इन्टरनेसनल’लाई भने यातिन पर्खानीले बनाउन लागेका हुन् । एपीएममा छनोट भएका फिल्मका निर्देशकले विश्वभरबाट भेला भएका निर्मातालाई आफ्नो स्टोरी पिच गर्नेछन् । यसरी सुनाएका स्टोरी निर्माताले मनपराएमा लगानीका लागि सहकार्य गर्नेछन् ।
विनोदले आफ्नो फिल्म निर्माणका लागि सवा पाँच करोड रुपौयाँ लाग्ने बताएका छन् । ‘ बुलबुलको तुलनामा अलि महंगो फिल्म हो यो । एक्लैले लगानी गर्न सक्ने अवस्था थिएन । एपीएममा छनोट भएपछि निर्माता खोज्ने बाटो सहज भएको छ,’पौडेलले भने । गत वर्ष विनोदले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ ले सार्क फिल्म फेस्टिभलमा अभिनेत्री तर्फ क्रिटिक्स अवार्ड प्राप्त गर्न सफल भएको थियो । नेपालमा पनि फिल्मले निर्देशन र अभिनेत्री गरी दुई विधामा राष्ट्रिय अवार्ड प्राप्त गरेको थियो ।
प्रतिक्रिया