धुर्मुस-सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’ बन्ने
कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को फिल्म ‘सेन्टी भाइरस’को औपचारिक निर्माण घोषणा भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रमको योजना गर्दै फिल्मको टिमको विषयमा जानकारी दिएका छन् ।
रामबाबु गुरुङको निर्देशन रहने फिल्ममा धुर्मुस र सुन्तली मुख्य भूमिकामा रहनेछन् । धुर्मुस सुन्तली संगै फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट, दीपक आचार्य लगायतको अभिनय रहनेछ । सामाजिक कथावस्तुमा बन्ने फिल्मका निर्माता डिन्डु लामा हुन् भने सह–निर्माताको रुपमा फूर्पा लामा रहेका छन् ।
कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहने छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको काममा समय लाग्ने भएका कारण यो बिचमा फिल्मको छायांकन सक्ने प्रक्रियामा रहेको सिताराम कट्टेलले बताए । फिल्म सुबिहानी फिल्मस् प्रा।लिको ब्यानरमा निर्माण हुन लागेको हो ।
प्रतिक्रिया