सिर्जनाको ग्यारेन्टी कति टिकाउ ?
सिर्जना रेग्मीको डेब्यु फिल्म हो जाइरा । ट्रेलरमा देखाईएको उनको अभिनय प्रसंसा योग्य छ ।
उनले आफुले टिमबाट धेरै कुरा सिकेको बताईन् । फिल्ममा उनी ‘बुलेट’ र प्रमोद अग्रहरी ‘राजा’ को जोडी भएको समेत खुलाइन् ।
कसैको चासो नै नभएको यी दुइको सम्बन्धको बिषयमा उनी आफैले ‘फिल्ममा जे भएनी राजा आफ्नो दाइँ भएको’ भनिन् । नेपाली उखान ‘चोरको खुट्टा खै के’ भनेझै ।
उनले बोल्दा बोल्दै फिल्म चल्नेमा आफुले ग्यारेन्टी दिने बताइन् । न त उनी निर्देशक न निर्माता नै । नम्रता स्वयम्ले फिल्म चल्ने अपेक्षा गर्छु भन्दै गर्दा उनले ग्यारेन्टी लिनु अलिक नमिलेको झैँ लाग्यो ।
फिल्म चलोस् शुभकामना । तर आफ्नो डेब्यु फिल्म मै यत्रो गफ दिनाले दर्शकले कतिको बिश्वास गर्ने ? पहिले काम त हेर्न पाउन् ।
प्रतिक्रिया