स्मिता दाहालको आवाजमा कार्टुन क्रुको नृत्य

स्मीता दाहालको आवाजमा ‘कार्टुन्ज क्रु’ नयाँ भिडियो सार्वजनिक भएको छ । ‘मायालु तिमी कता छौ’ बोलको गीतमा स्मीतासँगै राजनराज शिवाकोटीको स्वर छ भने सरोज र आश्माको अभिनय रहेको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा राजनराज कै संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन र श्याम सोहित रसाईलीले गीत मिक्सींग गरेका हुन् । राजु पेन्टरद्धारा निर्मित सेटमा छायाँकन गरिएको भिडियो संजय लामाले खिचेका हुन् । विक्रम स्वारको कोरियोग्राफी, राज कुमार उप्रतिको स्टन्ट, सन्देश शाहको सम्पादन रहेको भिडियोको कलर संयोजन रेनीश फागोले गरेका हुन् ।