अब पालो दारी पाल्ने पुरुषको : ‘मिस्टर दारी २०१९’ हुदैँ
नयाँ कन्सेप्टमा नेपालमा पहिलो पटक ‘मिस्टर दारी २०१९’ हुने भएको छ । अन्य पुरुष सौन्दर्य प्रतियोगिताकै ढाचामा यो शोको आयोजना हुने भएपनी यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ‘मिस्टर दारी’ आयोजना गर्ने ठन्डर प्रोडक्सनका म्यानेजिङ डिरेक्टर बिजय कार्कीले बताए । यस प्रतियोगिताका लागि यतिबेला देशको विभिन्न मुख्य सहरहरूमा अडिसन भईरहेको छ ।
बिराटनगरबाट सुरु भएको अडिसन ईटहरीमा समेत सम्पन्न भैसकेको छ । यस्तै झापामा २० गते, चितवन २२ गते, बुटवल २४, बाकेको कोहलपुर २६ गते, पोखरा २८ र शोको अन्तिम अडिसन श्रावणको ३२ गते काठमाडौमा हुदैछ । अफिसियल कोरियोग्राफरको रुपमा सनिश शाक्य रहेका छन भने जर्जको रुपमा फेसन कोरियोग्राफर प्रमोद बंशल रहेका छन् । आउदो श्रावणको ३२ गते काठमाडौ स्थित होटल मलायामा “मिस्टर दारी २०१९” को फाइनल अडिसन हुनेछ भने शोको ग्राण्ड फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौमा हुनेछ । यो शोको ब्राण्ड एम्बासडरको रुपमा भने अभिषेक राज शिह थापा रहेका छन् । उनी दार्ही ग्याङका एडमिन हुन् । यस शोमा सहभागिता हुनको लागि प्रतियोगीको दारी हुन अनिवार्य छ भने उचाई र शारीरिक मोटाईले खासै फरक पर्दैन । फाईनलको लागि देशभरको अडिसन बाट ३० देखि ४० जनालाई छनौट गरेर फाइनल राउन्डको लागि काठमाडौमा विभिन्न प्रशिक्षण दिईने छ ।
“मिस्टर दारी”को बिजेताले गौतम होलिडेजबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरको ब्यवस्था संगै १ लाख नगद पुरस्कार र पस्मिनाको ब्राण्ड पनि पाउनेछन । यस्तै बिजेताले अन्तरास्ट्रिय शोहरु तथा बलिउडमा पनि अवसरका लागि पठाईने कार्कीको भनाई छ । सुरुवाती चरणमा हामिले यस्तो कन्सेप्टमा शो आयोजना गर्दै छौ भन्दा हास्ने मान्छेहरू अहिले बिस्तारै “मिस्टर दारी”ले चर्चा बटुल्दै गर्दा धेरै जना सकारात्मक देखिएको उनले बताए । “मिस्टर दारी”को अफिसियल मिडिया पार्टनरको रुपमा डिथ्री अनलाईन रहेको छ भने शोको सम्पुर्ण फोटोग्राफी पापाज फोटोग्राफीले गर्दैछ ।
प्रतिक्रिया