धमलामाथि श्रीमतीको प्रभाव
ऋषि धमला त्यस्ता संचारकर्मी हुन् । जो विवाहको दिन समेत कार्यक्रम संचालन गरेर जग्गेमा ढिलो पुगेका थिए । उनको काम गर्ने तरिका फरक छ । आफै भन्ने गर्छन कहिले कहिँ खाने सम्म फुर्सद हुन्न ।
तर उनकी पत्नी एलिजा गौतमको जीवन शैली उनको भन्दा बिल्कुल फरक छ । एउटा फिल्म आफैले निर्माण गरि अभिनय समेत गरेकी उनी हाल फिल्म अध्ययन गर्दै छिन् । दुइ सन्तान की आमा उनी नाइट लाइफ इन्जोय गर्छिन् । उनी क्लबमा रमाउने उनले सार्वजनिक गर्ने तस्विरबाट थाहा पाउन सकिन्छ ।
तर श्रीमतीको प्रभाव, उनी विस्तारै श्रीमानलाइ समेत क्लबमा लग्न सफल भएको देखिन्छ । सामाजिक संजालमा सार्वजनिक तस्विरले धमलामा श्रीमतीको प्रभाव स्पस्ट रुपमा देखिन्छ । श्रीमान श्रीमतीले संगै समय बिताउन जरुरी नै छ । अब त एलिजाको ‘समय पुगेन’ भन्ने गुनासो कम होला कि ?
प्रतिक्रिया