स्वस्तिमा – पूजा समग्र परिस्थिति बुझेर रियाक्ट गर्ने की?
स्वस्तिमा खड्का र पूजा शर्मालाई एक अर्कामा जुधाईयो । जुध्न पाको छैन फिल्मकर्मी २ भागमा बाडीए । यो खासै नौलो भने हैन, सहि र गलत भन्दा गुटबन्दी नै मन पर्छ प्राय फिल्मकर्मीलाई ।
यहि बीच आफुले पूजालाई नभनेको भनिन् । स्वस्तिमाले फेरी केहि दिन मै गलत सोच भएका व्यक्तिको कमेन्ट आएपछि आइडी हेर्दा फेक भएको देखियो भनिन्, खड्काले । जुन कुरा गलत भने हैन । अधिकाम्स कमेन्ट गर्ने आइडी फेक रहेको देखिन्छ । पूजाको फ्यान फेक भनेर उनी बोलेकी छैनन् । तर पनि सकिएको बिषयमा पुनः नबोलेको भए हुने थियो ।
तर एक कफी सपको ओपनिंगमा पुगेकी पुजाले ‘आफ्ना फ्यान रियल अर्काका फेक’ भनेर जंगीइन् । साथै उनले सामाजिक संजालमा समेत यस बिषयमा लेखेकी छन् ।
समग्र परिस्थिति हेर्दा पूजा र स्वस्तिमा जुध्न पर्ने केहि कुरै छैन । किनकी न स्वस्तिमाले पुजाको नाम लिएकी छन्, न त पूजाले आफ्नो पारिश्रमिक यति उति भन्दै मिडियामा भनेकी छन् । अनि यो हुदै नभएको बिषयलाई अरु कसैले उचालेर फाइदा लिदै पो छ कि दुवै ले बुझ्न जरुरी छ ।
प्रतिक्रिया