भारतीय अभिनेता गोविन्दामा मानसिक समस्या ?

भारतीय अभिनेता गोविन्दा मानसिक समस्यामा परेको समाचार भारतीय मिडियामा सार्वजनिक भएको छ । उनका नजिकका साथीका अनुसार गोविन्दा पछिल्लो केही समययता अजीव अजीव गतिविधि गरिरहेका छन् । केही दिनअघि उनले एक अन्तर्वार्ताको क्रममा आफूलाई हलिउड फिल्म अवतारमा खेल्ने प्रस्ताव आएको तर, अस्वीकार गरेको बताएका थिए । साथै उनले सञ्जय भंसालीको फिल्म देवदासमा उनलाई चुन्नीको भूमिकाको लागि प्रस्ताव आएको बताएका थिए ।

गोविन्दाका साथीका अनुसार धेरै वितरक र प्रदर्शकले उनको पछिल्लो फिल्म रंगीला राजालाई बेवास्था गरेका थिए  । सो कारण उनले झगडा तथा गालीगलौज गरेका थिए । उनले आफ्ना सबै साथीसँगको सम्बन्ध अन्त्य गरेका छन् ।

टीभी कार्यक्रम ‘आप की अदालत’मा पुगेका गोविन्दाले फिल्मको नाम अवतार राख्न निर्देशक जेम्स क्यामरुनलाई आफूले सुझाव दिएको बताएका थिए । उनले आफू शरीरमा रङ लगाउन नचाहेको कारण उक्त फिल्म खेल्न अस्वीकार गरेको बताएका थिए । यसअघि गोविन्दाले चलचित्र ‘मनि हे तो हनी हे’ को सुटिङको क्रममा १६ जनवरी २००८ मा एक व्याक्तिलाई थप्पड हानेका थिए । र ९ बर्ष पछि माफी माग्दै ५ लाख तिरेका थिए । सन्तोष राय नाम गरेका व्याक्तिले सोको लागि गोविन्दाले  सर्वोच्च अदालतमा माफीनामा दाखिल गरेका थिए। जसलाई अदालतले मन्जुरि दिएको थियो ।