गायक ओम बिक्रम विष्टको सहयोगार्थ कार्यक्रम हुदै
पछिल्लो समय अमेरिकामा रहेर आफ्नो स्वास्थ्य उपचार गराइरहेका पपसम्राट अर्थात गायक ओम बिक्रम विष्टको सहयोगार्थ शुक्रबार राजधानीको ठमेलमा रहेको क्लब फरेनहाइटमा कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा जेम्स प्रधान , संजय श्रेष्ठ , बबिन प्रधान , हरिन्द्र श्रेष्ठ , सचिन रौनियार , भिम तुलाधर लगायतले आफ्नो प्रस्तुति राख्नेछन् । ’ट्रिब्युट टु ओम बिक्रम विष्ट’ नाम दिइएको कार्यक्रममा राखिएको डोनेसन बक्समा संकलित रकम हस्तान्तरण गरिने क्लबले जनाएको छ ।
जेम्स र संजयले आफ्नो गीतसंगीतसँगै पपसम्राट विष्टका गीत गाउनेछन् । आफुले सामाजिक दायित्वलाई पनि बहन गर्दै अगाडी बढेको क्लब फरेनहाइटले जनाएको छ । आउँदा दिनमा अझै उतरदायी भूमिका निर्वाह गर्ने सोच बनाएको क्लबले सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । केहि दिन अगाडी मात्र क्लबले आदित्य नारायण झाको कन्सर्ट आयोजना गरेको थियो ।
प्रतिक्रिया