गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की
गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको खबर सार्वजनिक भएको छ । पछिल्लो एक महिनादेखि आएको धम्कीका कारण उनले दुई हप्ताअगाडी पुलिसमा उजुरी दिएका छन् । कोही व्यक्तिले फोनमा हानी नोक्सानी पुर्याउने धम्की दिएको भन्दै उनले उजुरी दिएका हुन् । साथै उनले फोन गर्ने व्यक्तिले पैसाको कुनै माग नगरेको समेत बताएका छन् । उदितलाई चोरी गरिएको मोबाइलबाट बिहारमा बसेर धम्की दिइँदैछ ।
उदित नारायण मुम्बईको अँधेरी वेस्टमा बस्छन् । अम्बोली पुलिस स्टेशनका सिनियर इन्सपेक्टरले उजुरी दर्ता भएको बताउँदै भारतीय संचार माध्यमसंग भने, ‘उदित नारायणले उनलाई कोही व्यक्तिले फोन गरेर धम्की र गाली गरिरहेको बताएका छन् । हामीले उदित नारायणको घर वरिपरि सुरक्षाकर्मी खटाएका छौं । पुलिसले साधारण पोशाकमा उदितको घर वरिपरि आउने मानिसहरुमाथि निगरानी राखिरहेको छ ।’
प्रतिक्रिया