निश्चल-स्वस्तिमा आदर्श जोडी

हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ । जावलाखेलमा आयोजना हुन लागेको कार्यक्रममा यो जोडीलाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो ।

ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेड र ललित फरिया घरको आयोजनामा हुन लागेको ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम तीन दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष मिना कुमारी रिमालले बताएकी छन् । उनका अनुसार, यही साउन १६ गतेदेखि १८ गतेसम्म जावलाखेलमा रहेको स्टिल टावर अगाडिको चौरमा कार्यक्रम हुनेछ । कार्यक्रमको उद्घाटन साउन १६ गते दिउँसो साढे ३ बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्नेछन् । विगत ६ वर्षदेखि ‘तिज माइती मेला तथा सम्मान’ कार्यक्रम गर्दै आएको ललित व्यूटिसियन बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडले हरेक वर्षको तिजमा विभिन्न सांस्कृति कार्यक्रमसँगै एक आर्दश जोडीलाई पनि सम्मान गर्दै आएको छ ।