द्वन्द निर्देशक अष्टमान महर्जन लभ स्टोरीबाट डेब्यु गर्दै

द्वन्द निर्देशक अष्टमान महर्जनले लभ स्टोरी फिल्म निर्देशन गर्ने भएका छन् । चंखे पंखे संखे, प्रेम गीत २, कथा काठमाण्डौ लगायत दर्जनौ फिल्ममा द्वन्द निर्देशन गरेका महर्जनले केहि फरक गरौ भने हिसावले प्रेम कथामा आधारित फिल्म गर्न लागेको मेरो फिल्मलाई बताएका छन् ।

फिल्मको मुख्य भूमिकामा नवनायक प्रितमराज सिन्च्युरी फाइनल भएका छन् ।  फिल्म रानी महलबाट डेब्यु गर्न लागेका उनको उक्त सपना त पुरा हुन सकेन ।  केहि छायांकन पस्चात निर्माता निर्देशकको द्वन्दका कारण उक्त फिल्म बीच मै रोकिएको थियो ।   तर अब भने उनी सारा शिर्पालीको साथमा देखिने भएका छन् ।

निखिल उप्रेतीको फिल्म रुद्र मार्फत फिल्ममा डेब्यु गरेकी सारा सिर्पालीका अन्य दुइ फिल्म पिंजडा ब्याक अगेन र सुश्री सम्पति प्रदर्शनमा आइ सकेका छन् ।  भने उनी यो फिल्मको लिड रोलमा देखिने भएकी छन् ।  तर निर्देशकले भने लिखित सम्झौता भने नभएको जानकारी दिएका छन् । भदौ १ गते देखि फ्लोरमा जाने फिल्मको पहिलो स्क्रिप्टमा चित्त नबुजेर आज भोलीमा दोश्रो स्क्रिप्ट फाइनल हुने निर्देशक महर्जनले बताए ।  श्रोतका अनुसार फिल्ममा अर्जुन पोखरेलको संगीत रहने छ।