फिल्म ‘जाइरा’ को आइटम गीत सार्वजनिक
भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’को आइटम गीत सार्वजनिक भएको छ । ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त फिल्ममा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो । यस गीतमा बरिष्ठ गीतकार किरण खरेलको शब्द छ भने शिव शंकरको संगीत रहेको छ । ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् । शाहि नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको थियो । ‘यो मात चढेको साँझ’मा तनुजा गुरुङ्गले नृत्य गरेकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्य गर्नको लागि छनौट गरिएको थियो ।
फिल्ममा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि फिल्ममा खेलाडीको रुपमा रहेकी छिन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् । नम्रताले यस फिल्मका लागि आफ्नो कपाल छोट्याउनुका साथै आफ्नो तौल ५१ किलोग्रामबाट घटाएर ४३ किलोग्राम बनाएकी थिइन् । एक्शन प्रधान ‘जाईरा’लाई आँशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो फिल्म कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यसमा केशव थापाको नृत्य निर्देशन छ । डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।
प्रतिक्रिया