आलोक श्री र कबड्डी टिम विवाद टुंगियो
फिल्म कबड्डी कबड्डी कबड्डीको गीत ‘दुबो फुल्यो’ र आलोक श्रीको गीत ‘कहिले फोटो सिरानीमा’ को विवाद टुङ्गिएको छ । संगीतकार आलोक श्रीले आफ्नो गीत ‘कहिले फोटो सिरानीमा’को संगीतसंग ‘दुबो फुल्यो’को संगीत मिलेको भन्दै मिडियामा आएपछी सुरु भएको विवाद अन्तत: टुङ्गिएको छ ।
‘कहिले फोटो सिरानीमा’का संगीतकार आलोक श्री, ‘दुबो फुल्यो’का संगीतकार एसडी योगी र फिल्म कबड्डी कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरुङको बिचमा भएको छलफल पश्चात ‘गीतको संगीत मिल्नु संयोग’ भन्ने सहमती भएको हो । ‘दुबो फुल्यो’ गीतको केही अंश कहिले फोटो सिरानीमा संग मिल्न गएकोमा दुवै संगीतकारले त्यसलाई संयोग मानेर आपसी समझदारी गरेका हुन् ।
बजारमा संगीतकार आलोक श्रीले क्षती पुर्ती स्वरुप केही रकम माग गरेको भन्ने हल्लाको खण्डन गर्दै कबड्डी कबड्डी कबड्डीका निर्देशक रामबाबु गुरुङले कुनै पनि खालको लेनदेनको कुरा नभएको बताए । संगीत मिल्नु संयोग मात्र थियो, नियतबस गरिएको होइन भन्दै ‘दुबो फुल्यो’का संगीतकार एसडी योगीले कुनै पनि लेनदेन बिना आइन्दा गीतको विषयमा कुनै पनि विवाद नगर्ने सहमती भएको बताए ।
पछिल्लो समय गीत कपी या चोरी भन्दै आर्थिक लेनदेनको प्रचलन बढ्दै गएको अवस्थामा हामीले यसलाई ‘संयोग’ मान्दै आफसी समझदारी गरेका छौँ । हामी बिचमा कुनै पनि किसिमको लेनदेन भएको छैन बरु भाईचाराको उदाहरण प्रस्तुत गर्ने कोसिश गरेका छौँ,’ संगीतकार आलोक श्रीले भने ।
प्रतिक्रिया