प्रचारको नयाँ शैली : प्रशिक्षार्थी माझ ‘मारुनी’

फिल्म प्रमोसनको तरिका फेरिएको छ । ठुला ठुला कार्यक्रम गरि फिल्मको प्रचार गर्न थालेका छन् फिल्मकर्मीले । तर मारुनीको प्रचार केहि फरक तरिकावाट भैरहेको छ । फिल्म ‘मारुनी’ को विषयमा ठुला ठुला होटल र महँगो खर्च भन्दा पनि स्थानीय स्तरमै स्थानीय व्यक्तिहरुलाई अति सामान्य तरिकावाट जानकारी दिदै गरेको तस्विर सार्वजनिक भएको छ ।

प्रशिक्षक तथा कलाकार माधव केसीको सहयोगमा इटहरीमा विभिन्न सिप मुलक तालिमको प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरुलाई मारुनीको बारे जानकारी दिइरहेका छन् । कुक,सिलाइ बुनाइ ,प्लम्बर,इलेक्ट्रीसियन सम्बन्धी प्रशिक्षण लिइ रहेका स्थानीय व्यक्तिलाई मारुनी सम्बन्धि जानकारी दिदै फिल्म जनामानस सम्म पुर्याउने प्रयास भएको छ । धेरै होहल्ला मन नपराउने फिल्मका निर्देशकले फिल्म सबैका लागि भएको कारण स्थानीय स्तरमा पुर्याउने यो प्रयासमा सहायोग गर्ने केसीलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रम झापा,मोरङ्ग,सुनसरी,धनकुटा र संखुवासभा लगायत स्थानमा समेत जारी रहनेछ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा अर्जुन श्रेष्ठ ,आयुश प्रधान, बिनोद भट्टराई , सम्पदा बानियाँको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।