पैसाले हैन अभिनयले एक नम्बर बनाउँछ पूजाजी !
पछिल्लो समय हिरो हैन हिरोइनको पारिश्रमिकले चर्चा पाउन थालेको छ । नम्रता श्रेष्ठले प्रसादका लागि १३ लाख रुपैंया लिएको कुराले धेरैको सातो गएको थियो । तर, त्यसको केही समयपछि नै साम्राज्ञी आरएलल शाहले मारुनीमा १५ लाख लिएको कुराले उनको चर्चा ओझलमा पार्यो । साम्राज्ञीले यसपछि गरेको रातो टीका निधारमा थप एक लाख थपिन् अर्थात् उनले १६ लाख लिएर रातो टीका निधारमा खेलेको समाचार बाहिरियो ।
यसपछि यो दौडमा पूजा शर्माले आफूलाई सामेल गरिन् । उनले पनि सम्हालिन्छ कहिले यो मनमा १५ लाख लिएको हल्ला गराइन् । यो फिल्म रिलिज हुने टुंगो छैन तर बीचैमा उनको पारिश्रमिकले ५ लाखको छलाङ मार्यो । अर्थात् पोइ पर्यो कालेमा २० लाख लिएका समाचार छ्यापछ्याप्ती भए । यो फिल्म कात्तिकमा रिलिज हुँदैछ । तर, फेरि दार्जिलिङतिरका निर्माताले बनाउने एउटा फिल्ममा पूजाले फेरि २० लाख लिएको खबर आएको छ ।
पूजाले समाचारमा भने जस्तो पैसा पाइन् पनि होला अहिलेलाई त्यसमा शंका नगरुम् । तर, जसरी उनले पैसा पाएको कुरालाई बढाइचढाइ गरिरहेकी छिन् यसले उनी आफू नम्बर वन अभिनेत्री भएको प्रमाणित गर्न चाहान्छिन् । बाहिरफेरका मानिसलाई बताउन चाहान्छिन् उनी साम्राज्ञी र नम्रताभन्दा पनि ठूली अभिनेत्री हुन् ।
तर, पारिश्रमिक बढी लिँदैमा नम्बर वन भइँदैन । नम्बर वन भइन्छ, अभिनयले । स्वस्तिमा खड्का गतसालका लागि उदाहरण हुन् । उनको अभिनय बुलबुलमा मात्र होइन जय भोले र नाइँ नभन्नू ल मा पनि सबैले रुचाएका थिए । तर, प्रेमगीत छाडेर पूजाले गरेका कुनै पनि फिल्ममा उनको अभिनय सम्झन लायक छैन । नम्बर वन बन्न बढी पैसा मात्र हैन, बढी अभिनय पनि पो गर्ने हो कि ?
प्रतिक्रिया