घाँटी भन्दा तल चै के छ रीमा जी ?

रीमा विश्वकर्मा महिला र महिला सम्बन्धित विषयमा आफुलाई सचेत छु भनेर देखाउन खोज्छिन् । यस किसिमको विषयमा आवाज समेत उठाउने गर्छिन् । हालसालै छवी शिल्पा प्रकरणमा समेत केकीले लेखेको ‘उनी’ रोइन्’ मा आफ्नो सहमति रहेको बताइन् । र कुनै पनि रुपमा कोहिकसैलाई फरक व्यवहार गर्न नहुने समेत भनिन् ।

तर उनको कुरा अर्कै र ब्यवाहार अर्कै भएको देखिएको छ । उनले गायक आर्जन पाण्डेको एक गीतमा अभिनय गरेकी छन् जसको बोल नै ‘घाँटी भन्दा तल’ रहेको छ । गीतमा महिलाको शरीरको बारे गलत पोट्रे गरिएको छ । जो कोहीलाइ पनि शरीर कै आधारमा यस्तो उस्तो भन्न पाइदैन । तर गीतको शिर्षक नै अजिव छ । त्यति मात्रै नभएर गीतले बिवाहेत्तर सम्बन्धको समर्थन गरेको देखिन्छ । ‘पट्याइदे’ जस्तो शब्द प्रयोग गरि महिलालाई बस्तुकरण गरिएको छ ।

 

सेलिब्रेटी भएको हिसावली उनीहरुलाइ पछ्याउनेको जमात ठुलै हुन्छ । तर यस किसिमको भिडियोको अभिनय र अर्कै किसिमको अभिव्यक्तिले दर्शकले हेर्ने नजरमा फरक पर्ने हो कि? या त रीमाले आफ्नै साथीको प्रेमी भएको कारण कुरा काट्न नसकी काम गरेको पो हो कि ?