बहुविवाह गरेका छवि-शिल्प बिरुद्ध पक्राउ पुर्जी जारी

बहुविवाह सम्बन्धी कसूरमा निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

छवीकी पहिलो श्रीमती हेमा ओझाको जाहेरीको आधारमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । बहुविवाहको प्रमाण प्राप्त गर्ना साथ अधिवक्ता स्वागत नेपालको सहयोगमा ओझाले जाहेरी दिएकी थिइन् । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार महिला सेल कालिमाटीले अनुसन्धान थालनी गर्दै दुवैको खोजि गरिरहेको छ ।