ज्योति मगरको मैथिली गीत सार्वजनिक

गायक रुद्रसेन बिश्वकर्मा र गायिका ज्योति मगरको आवाजमा मैथिली गित  “कानोमे आँहाके झुम्का” सार्बजनिक भएको छ । शब्द तथा संगीत गायक रुद्रसेन बिश्वकर्माको नै रहेको यस गीतलाई बिशाल निरौलाले संगीत संयोजन गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई  निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् ।