पारिवारिक राजनीतिकपथ भन्दा फरक क्षेत्रमा स्मिता (भिडियो सहित)

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै स्मिता दाहालको स्वरमा रहेको गीत ’जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । गीतमा स्मितालाई आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको छ । गीतलाई आशिषले नै कम्पोज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा आँचल शर्मा र विजु पार्कीसंगै स्मिता पनि देखिएकी छिन् ।

गीत सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरले मन्तव्य राख्दै सफलताको शुभकामना दिइन् । स्मिताकी माइजु मन्त्री मगरले आफ्नो परिवारबाट छुटै पथमा लागेकी भन्दै उनलाई शुभकामना दिईन् । ’हाम्रो परिवारको सबै राजनीतिमै छौ तर उनले छुटै बाटो रोजेकी छिन्’ उनले भनिन् ’उनले निकै मेहनत गरिरहेकी छिन् र उनलाई सफलता मिल्नेमा दुइमत छैन ।’ उनले गीत हेरिसकेपछि राम्रो लागेको प्रतिक्रिया दिइन । यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पनि स्मिताले विस्तारै सफलता हासिल गर्दै गएको बताइन । नातामा बहिनीको छोरी पर्ने स्मिताको आवाज सानै बाट नोटिस गरेको उनले बताइन । ’तोते बोलि देखि नै हामीलाई गीत गाएर सुनाउथिन्’ उनले भनिन् ’उनको मेहनतले नै उनलाई सफलता तर्फ बढाएको छ , यसको निरन्तरताको कामना गर्दछौ । यसैगरी कर्यक्रममा उपस्थित गायक रामकृष्ण ढकालले गीत गाउने इच्छा जाहेर गरे । ’स्मिताले आफ्नो प्रतिभा विस्तारै देखाउदैछिन् र मलाइ पनि उनिसंगै गीत गाउने इच्छा छ’ उनले भने । उनले स्मिताले मोडलीङ पनि राम्रो गरेको भन्दै प्रसंसा गरे ।

यसैगरी अभिनेता जितु नेपालले गायकीमा अगाडी बढ्ने विश्वास व्यक्त गरे । यसरि माया र हौसला पाएकी स्मिताले आफु सिक्ने क्रममा रहेको बताइन । ’म सिक्दैछु र आफुलाई थप परिपक्क बनाउने कोसिस गर्दैछु’ उनले भनिन् ’यस गीतलाई मेरो अघिल्ला गीतको तुलनामा केहि फरक बनाउने कोसिस गरेको छु ।’ गीत तयार हुन् झन्डै एक वर्ष समय लागेको बताउने स्मिताले आगामी दिनमा सबै किसिमको गीतसंगीत मार्फत चिनिन चाहेको बताइन । गीत एल्बममा संग्रहित हुनेछ भने दोस्रो गीत सार्वजनिक गर्दा एल्बमको जानकारी दिईने बताइयो । गीतलाई प्रविन स्वारले कोरियोग्राफ तथा निर्देशन गरेका हुन् । गीतलाई गृष्मा ब्रोडकास्टिङले तयार पारेको हो ।

गृष्मा प्रमुख गृहेन्द्र घिमिरेले स्मिताको पहिलो गीतबाट सुरुवात गरेको र उनको अन्य गीतलाई पनि छिटै सार्वजनिक गर्ने बताए । ’हामीले विभिन्न कार्य गर्दैछौ त्यसैको सुरुवात हो’ उनले भने । गृष्मा ब्रोडकास्टिङले ‘सप्तरंग’ को दोस्रो सिजनका छिटै गर्दैछ । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिने यो कार्यक्रमले संगीत र मनोरञ्जन मात्र नभई स्थानिय कला संस्कृति पनि उजागर गर्नेछ ।