कलाकारले मन पराए ‘सानो मन’
गत साता रिलीज भएको फिल्म ‘सानो मन’ले बिहिवार राजधानीमा ‘सेलिब्रेटी शो’ आयोजना गरेको थियो । उक्त शोमा नायिका नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा बिश्वकर्मा, निर्देशक दीपाश्री निरौला, अभिनेता दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री हजुर’, दीपक आचार्य लगायतको उपस्थिती रहेको थियो ।
फिल्म हेरेपछि उपस्थित सबैले तारिफ गरेका छन् । फिल्मको छायांकन तथा प्रस्तुतीलाई उनिहरुले रुचाएको बताए भने फिल्मलेआफुहरुलाई रुवाएको समेत बताए । नायिका नम्रता श्रेष्ठले फिल्म एकदमै मिठो लागेको बताईन् । नायिका केकी अधिकारीले यो टीमबाट यति धेरै अपेक्षा नगरेको तर त्यसबारेमा आफु गलत साबित भएको बताईन् । नायिका रीमा बिश्वकर्माले फिल्म हेर्दा हेर्दै अन्त्यतिर आफु रोएको बताईन् । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्मका कलाकारहरुको प्राकृतिक सुन्दर अभिनय देखेर लोभ लागेको बताईन् । कलाकार केदार घिमिरेले ‘सानो मन’ फरक कथामा सुन्दर अभिनय रहेको चलचित्र बनेको बताए । अभिनेता दीपक राज गिरीले फिल्मको सबैभन्दा राम्रो पक्ष यसको प्रस्तुती रहेको बताए ।
गत साता रिलीज भएको ‘सानो मन’ले दर्शक तथा सञ्चारकर्मीबाट पनि निकै राम्रो प्रतिक्रिया पाएको छ । रिलीज देखी नै भारी बर्षातले अवरोध गरेपछि यो चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेको थिएन । यद्यपी सबैबाट राम्रो प्रतिक्रिया बटुलिरहेको चलचित्रले दोश्रो हप्तामा व्यापारमा प्रगती गर्ने अपेक्षा निर्माण पक्षले राखेको छ । सुयोग गुरुङ्गले निर्देशन गरेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आलोक शुक्लाको डि.ओ.पि. रहेको फिल्मलाई सुयोग गुरुङ र मिलन श्रेष्ठले सम्पादन गरेका छन् । समिर सुनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टले संयुक्त लगानी गरेको यो फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् भने प्रोडक्सन म्याजेनर यम प्रसाद ओली हुन् ।
प्रतिक्रिया