‘बधाई हो बेटी हुइ हे’ शुभमुहुर्त
समाजमा छोरा जन्मदा बधाई दिने तर छोरी जन्मदा बधाई नदिने परम्परा अझै पनि कायम छ । मानिसको यहि सोच बदल्न भारतको राँचीस्थित सरला विरला स्कूलमा फिल्म ‘बधाई हो बेटी हुइ हे’ को शुभ मुहुर्त गरि फिल्म निर्माण गर्न लागिएको छ । पर्यटन तथा कला संस्कृति मन्त्री अमर बावरीले फिल्मको शुभ मुहुर्त गरेका हुन् ।
फिल्ममा यामिनी सृष्टि मुख्य भूमिकामा छिन् भने उनका बुबाको भूमिकामा गजेन्द्र ठाकुर छन् । फिल्मले छोरीहरुले समाजमा स्थापित हुन गरेको संघर्ष र महिला समानता तथा महिला शसक्तिकरणको इतिहासमा भारतलाई चिनाउँने छ । साँढे ६ करोड लगानीमा बन्ने फिल्म ‘बधाई हो बेटी हुइ हे’ को सुटिङ झारखण्डमा हुनेछ ।
प्रतिक्रिया