भुवन र रीमाको ‘मिस्टर नेपाली’ इन्ड क्ल्याप
राजधानीमा इन्ड क्ल्याप पार्टीको आयोजना गर्दै फिल्म ‘मिस्टर नेपाली’ को छायांकन सकिएको जानकारी दिएको छ । निर्माणपक्षले फिल्म तिहार छेकोमा फिल्म प्रदर्शनमा आउने जानकारी दिएको छ । देव भुषालको निर्देशनमा तयार भएको फिल्मको छायांकन करिब ४५ दिनमा सकिएको हो ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । फिल्ममा नायक भूवन केसी, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोल, नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त फिल्ममा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । कार्यक्रममा बोल्दै नायक भूवन केसीले फिल्मको कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको बताए । हिमाल केसीको एक्सन रहेको फिल्ममा सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । फिल्मले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने छ । प्रेमराज दाहालको लगानी रहेको फिल्मका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।
प्रतिक्रिया