नीतालाई अरुको फिल्म राम्रै हुदैन भन्ने लागेछ
राष्ट्रपतिको कार्यलयमा भएको राष्ट्रिय पुरस्कार नाम दिएर ३ बर्षको अवार्ड चलचित्र विकास बोर्डले एकैचोटी बाड्यो । एकैचोटी अवार्ड बाड्दा विवाद आएको छ ।
बिबाद आउनु अवार्डमा सामान्य कुरा भयो । तर, अवार्ड नपाएकादेखि पाउन हकदारले पनि अवार्डको विरोध गरे ।
अभिनेत्री नीता ढुंगानालाई अवार्ड पाउन राम्रो फिल्म बनाउन नपर्ने भन्ने लागेको छ । उनले वि.सं २०७४ भनेर साल नै तोकिन् । यही भएर अवार्डको अरु बर्ष प्रवेश नगर्दा हुन्छ ।
नीताले राम्रो फिल्म बनाउन पर्दैन, मात्र..सँग…मिलाउनुहोस्…सबै कुरा हासिल गर्न सकिन्छ रे नी त भनेर लेखिन् । नीताको अभिनय रहेको फिल्म पञ्चायत पनि प्रतिस्पर्धामा थियो । तर, अवार्ड ब्लाइन्ड रक्सका निर्देशक, फिल्म र हिरोइनको पोल्टामा गएको छ ।
नीताले पञ्चायतलाई राम्रो देखिन् । आफूले खेलेको फिल्म राम्रो लाग्छ । तर, अरुको फिल्म राम्रै थिएन, सेटिङ मिलाएर मात्र पाएको भन्न हिरोइनले सुहाउला कि नसुहाउला ?
राम्रो फिल्म आफ्नो मात्र देख्दा अरुको फिल्म पनि राम्रो हुन सक्छ भनेर नीताले नवुझेकी हुन् ? वा अवार्ड नपाएको आक्रोश मात्र ?
प्रतिक्रिया