आजबाट नाचघरमा दोहोरीका ४० समूहबीच प्रतिष्पर्धा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र राष्ट्रिय नाचघरको संयुक्त आयोजनामा आज असार २२ देखि २५ गतेसम्म राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता सुरु भएको छ । नाचघरको प्रेक्षालयमा करिब ४० वटा समूहले सहभागीता जनाउने छन् ।
प्रतिष्ठानका सल्लाहकार एवं वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाहरु एवं दोहोरी समूहहरुले सहभागी जनाउँदैछन् । गत वर्षजस्तै यस वर्ष पनि दोहोरी प्रतिस्पर्धा कसले हात पार्छ त्यो हेर्नका लागि असार २२ गतेदेखि २५ गतेसम्म नाचघरमा उपस्थित भई मनोरञ्जन लिनसमेत संयोजक रमेश बिजीले हार्दिक निमन्त्रणा गरेका छन् ।
प्रतिक्रिया