आफुलाई सम्हाल्न सिक्ने हो कि केकी जी ? रीमा सधै साथमा नहुन सक्छिन् ।

‘कमेडी च्याम्पियन’ प्रतियोगात्मक कमेडी शो को अफिसियल अनाउन्स्मेन्ट कार्यक्रम थियो । उक्त शोका लागि होस्ट छानिएकी रीमा बिश्वकर्मा भने ब्यस्त थिइन्, शो प्रोड्युसर मध्येकी एक केकी अधिकारीको इज्जत ढाक्न ।  हो साचै नै, उनी पत्रकारको जवाफ दिइरहेकी केकीको पहिरन सम्हाल्दिनका लागि ह्याण्ड ब्यागको प्रयोग गरिरहेकी थिइन् ।

र, यो रीमाको केकीलाई जोगाउने पहिलो प्रयास भने होइन । यस अघि पनि केकीको जन्मदिनको सरप्राइज प्लान गरेकी रीमाले बिना मेकअप र असुहाउदो पहिरनमा आएकी केकीलाई सिंगारेर मिडिया समक्ष ल्याएकी थिइन् ।

केकी अधिकारी चिनिएकी नायिका हुन् । महिला भयो भन्दैमा ठाटिएर नै हिड्नुपर्छ भन्ने पनि होइन । तर कलाकार भएको हिसावले केहि हद सम्म आफुलाई राम्री देखाउन जरुरी नै हुन्छ ।

पहिरन विवादमा त वर्षा राउत पनि परिन्, केहि समय अघि । तर उनले आफुले लगाएको पहिरन मज्जाले सम्हाल्न सकेकी थिइन् वर्षाले । केकी कुरा भने फरक छ, फिटिंग र छोटो वानपिसमा देखिएकी केकीले आफ्नो पहिरन सम्हाल्नै सकिनन् ।

केकी र रीमा एक अर्काका मिल्ने साथी हुन् । यिनीहरु एक अर्काको दुख सुखमा साथ दिन्छन् । तर यसो भन्दैमा केकीले आफुले आफुलाई लथालिंग छोड्न त भएन नि ! असहज पहिरन लगाउन जरुरी नै छैन । लगाएको पहिरन त सम्हाल्न सक्नु पर्यो नी ।  सधै साथमा रीमा नहुन पनि सक्छिन् केकी जी ।