केकीलाई चोरीको बातले गर्नु गरेछ
१ रुपैयाँ चोरेपनि चोर हो, एक करोड चोरेपनि चोर हो । फिल्मको कथा चोरेपनि चोर, फिल्मै चोरेपनि चोर । चोरीको वात लागेपछि गाह्रो हुन्छ । कमाएको नाम धर्मसंकटमा पर्छ । केकी अधिकारीलाई यस्तै भएको रैछ ।
अरुको फिल्म खेल्दा खेल्दा नचलेपछि आफै बनाएर हिट त दिम भन्ने थियो । कोहलपुर एक्सप्रेस बनाएकै यही भएर हो । तर, बनाएको फिल्म नै चोरीको बात लागेर फसाद ।
केकी यो मेट्न चाहन्छिन् । अहिले उनलाई चोर भन्ने शब्द सुन्न मन लाग्दैन । कसैले चोर भन्यो भने पनि आफूलाई भने जस्तो । केकी निर्माता रहेको कमेडी च्याम्पिएनसिपलाई कुनै विदेशको शोबाट नचोर्ने र अर्गानिक बनाउने तयारी छ । केकीलाई चोरीको आरोप अब नलागोस् भन्ने छ ।
तर, संचारमाध्यमले केकीको नाम लिएपछि चोरीको बात जोड्छन् । दर्शकले पनि केकीको नाममा चोरीकै वात जोड्छन् । एकपटक लागेपछि पखाल्न गाह्रो छ ।
केकीले अब अर्को फिल्म अर्गानिक बनाएर वाहा कमाइन् भने चोरीको बात मेटिएला । तर, एकपटक चोरेपनि चोर, सयौ पटक चोरेपनि चोर नै भइदोरहेछ । केकीलाई त किन फिल्म बनाएछु भन्ने पनि लाग्दा होला नी ।
प्रतिक्रिया