पानी नपर्दा तनाव
पानी नपर्दा तनाव कसलाई हुन्छ ? असारमा असारे बाली रोप्ने किसानलाई हुन्छ । गर्मीले आजित मानिसलाई हुन्छ ।
फिल्म बनाउने मानिसले असार र साउनमा फिल्म खिच्दैनन् । असार र साउनमा फिल्म खिच्न सकिन्न । पानी परेर बाहिरको दृश्य खिच्न सकिन्न ।
पानी परेर फिल्म बनाउने मानिसहरुलाई तनाव भएको हुन्छ । बजेट पनि बढेको हुन्छ । तर, पानी नपरेर बजेट बढ्ने संभावना छ भन्दा पत्याउन सकिन्न ।
असार १६ गतेदेखि छायांकन सुरु भएको आमा फिल्मका निर्देशक दिपेन्द्र के खनाललाई पानी नपरेर तनाव भएको छ । निर्मात्री शर्मिला पाण्डे पानी नै पर्दैन भन्न थालेकी छिन् ।
आमाका लागि पानी किन चाहिएको छ ? फिल्मको धेरै सिनहरु पानीमा खिच्न पर्नेछ । पानी पर्छ भनेर दिपेन्द्रले असारलाई सेड्यूल बनाएका हुन् ।
तर, राजधानीमा असार लागेको जसरी पानी परेको छैन । आमाको यूनिटलाई पानी नपरेर तनाव भैसकेको छ ।
प्रतिक्रिया