अब रानी महल बन्छ त निर्देशक ज्यू ?

रानी महल कहानी भयो । अभिनेत्री निकिता चण्डकका लागि पनि कहानी भयो । यो फिल्म २५  प्रतिशत खिचेपछि रोकियो । प्रोडक्शन डिजाइनर र निर्माताको झगडा कलाकारमा पर्यो । फिल्म रोकियो ।

रानी महलकी अभिनेत्री निकिता चण्डक सांग्लो फिल्म खेलिसकेकी छिन् । विराज भट्टकी अभिनेत्री भएर उनले फिल्म खेलेर यसलाई डेब्यू भनिसकेकी छिन् ।

रानी महलका निर्देशक हिमाल न्यौपाने हुन् । हिमाललाई रानी महल अझै बन्छ भन्ने लाग्छ । विवाद र झगडाका विच रानी महल रोकिएको हो ।

फिल्म बनाउन सजिलो रहेनछ । हिमाल न्यौपानेले सिकेको कुरा हो । रानी महलका निर्देशक न्यौपाने फिल्ममा ५ वटा गीत रहेको र त्यसलाई कथा अनुसार खिचिने बताइरहेका छन् ।

तर, फिल्म रोकिएको त धेरै भयो । सुरु हुने छाटकाट छैन । हिरोइनले फिल्म छाडिसकेकी छिन् । अब, रानी महल कसरी बन्छ । अन्नपूर्ण होटलमा गरिएको कार्यक्रममा फिल्मको घोषणा भएको थियो । निर्देशक फिल्म बन्ने बताइरहेका छन् । तर, फिल्म बन्छ कसरी ? विस्तारमा भनिदिए हुने ।