‘आईफा अवार्ड नेपालमा हुदैन’ बोर्ड अधिकृत जोशी

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले आइफा अवार्ड नहुने बताएका छन्  ।  अन्तर्राष्ट्रिय समितिको निर्णय आएसंगै आइफा नहुने जसका लागि अन्तिम बैठकका लागि आज भेट्ने समेत बताएका छन्  ।  तर नेपालको तर्फबाट रकम दिने र उनीहरुको सम्पूर्ण सर्तमा अवार्ड गर्न समिति सहमत थिएन  । उनले कान्तिपुर एफ एमको कार्यक्रम द हेडलाइनरस्मा बताएका छन्  । अवार्डको बिषयमा सल्लाह हुदा हुदै कार्यक्रम नै हुने कुरा बाहिर आए जस्तो पक्का भएको थिएन ।  सम्भावना बढी थियो त्यसैको लागि सरसल्लाहको क्रम जारि थियो  ।  तर प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णयका बीच अवार्ड नहुने पक्का जस्तै भएको छ  ।

समितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका अधिकारी समेतलाई बोलाएर आइफाबारे बहस चलाएपछि आइफा अवार्ड राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै रोक्न निर्देशन दिएको हो । आइफा अवार्डले नेपाल भ्रमण वर्ष २०२०लाई फाइदा नपुग्ने भन्दै अवार्ड रोक्ने निर्णय गरेको थियो ।