मन्त्रीलाई सेन्सर बोर्ड नै थाहा रहनेछ क्या ?

संचार, सूचना तथा प्रविधी मन्त्री गोकुल प्रसाद बास्कोटालाई नेपालमा सेन्सर बोर्ड भन्ने थाहा रहेनछ भन्ने वुझियो ।

संचारमन्त्रीले भाषण गर्दा प्रदर्शक, क्लिन फिडको विरोध गर्ने, आइफा अवार्डको विरोध गर्ने सबैमाथि आलोचना गरे ।

मन्त्रीले यो भनिरहँदा सेन्सर बोर्ड भन्ने पनि हुदो रहेछ एउटा भने । सेन्सर बोर्ड भन्ने हुदो रहेछ भनेर मन्त्रीले भन्दा उनलाई सेन्सर बोर्ड थाहा थिएन र भन्ने वुझ्न सकिन्छ ।

बास्कोटाले सेन्सर बोर्डमा भएको बिबाद उक्काए । भारत फिल्म सेन्सरमा अल्झिएको भनेर वितरक अदालत गएका थिए । वितरकले मुद्दा जितेर भारत बुधबार नेपालमा चल्न पाएको थियो ।

मन्त्रीले सेन्सर बोर्ड भन्ने हुदो रहेछ एउटा भन्दै आफू सेन्सर बोर्डसँग अनविज्ञ भएको जस्तो गरे । सेन्सर बोर्डका सदस्य नियुक्त राजनीतिक आस्थाका आधारमा संचार मन्त्रालयले नै गर्दै आएको छ । तर, मन्त्रीले सेन्सर बोर्ड भन्ने पनि हुदो रहेछ एउटा भनेर किन भनेका रहेछन् ? उनले नै जान्ने कुरा भयो ।