गोपी, बुलबुल र कथा ७२लाई विशेष चलचित्र पुरस्कार

सोमबार काठमाण्डौमा चलचित्र विकास बोर्ड नेपालले १९ औं बार्षिकोत्सवम मनाएको छ । फिल्म तथा फिल्मकर्मीलाई सम्मान गरिएको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको उपस्थिती रहेको थियो । फिल्म ‘गोपी’, बुलबुल’ र ‘कथा ७२’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ । तीनवटै फिल्मले जनही २ लाख रुपैयाँ आर्थिक सहयोग पाउनेछन् ।

कार्यक्रममा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, संगीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायांकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी कलाकार दोशी आखी इतो (जापान), चलचित्र पत्रकार विजयरत्न तुलाधर, यस्तै, विज्ञापन एजेन्सी(आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल, नकिम उद्दिन गरी १९ जना लाई सम्मानित गरिएको थियो ।

बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना फिल्मलाई डिजिटल प्रविधिमा समेत ढालेको छ । जसमा ‘आमा, हिजो आज र भोली, जीवनरेखा, के घर के डेरा, सिन्दुर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिदो आकाश, शान्तिदीप छन् । अन्य फिल्मलाई पनि विस्तारै डिजिटल प्रविधिमा रुपान्तरण गर्ने बोर्डको योजना छ ।