‘आइफा अवार्ड’ – निजी क्षेत्रले कार्यक्रम गर्दा किन टाउको दुखाउने :- संचारमन्त्री


भारतको लोकप्रिय आइफा अवार्डको विवाद चर्किदै गएको छ । नेपाल सरकारबाट ४४ करोड नगद र अन्य सुविधा गरेर १ अर्ब आइफा अवार्डमा खर्च हुन लागेको छ भनेर समाचार आएपछि कलाकार चर्किएका छन् । नेपाली कलाकारलाई कुनै वास्ता छैन, हामी भोकै छौ, मरेपछि ओड्ने कपडा समेत पाइदैन भनेर कलाकार बोल्दैछन् ।
आइफा अवार्ड विवादित बनेको बेलामा सरकारका प्रवक्ता पनि रहेका संचारमन्त्री गोकुल बास्कोटाले भने यो बिषयमा लामो भाषण गरेका छन् ।
आइफा अवार्डलाई १ अर्ब दिन लागेको भन्ने कुरा आफूले नसुनेको उनले बताए, सरकारले आइफा अवार्डलाई नेपालमा गर भनेर स्विकृती मात्र दिएको भनेर मन्त्रीले बताएका छन् ।
निजी क्षेत्र, कार्यक्रम जिम्मा लिनेहरुले मिलेर गर्दा किन टाउको दुखाउने भनेर उनले सरकारबाट कुनै रकम नदिइएको बताएका छन् ।

आइफा अवार्डमा मात्र होइन, बास्कोटाले क्लिन फिड नेपालमा लागू गराएर छाडिन्छ भने । बास्कोटाले क्लिन फिडको निर्णयमा नेपाल सरकार पछि नहट्ने भनेर भनेका छन् ।
क्लिन फिडको विरोधमा व्यवसायी मात्र लागेका छन् । यसमा जनताको साथ छ सरकारलाई । मन्त्री बास्कोटाले बालाजुमा रहेको जग्गा खोज्ने बताए । बालाजुमा २७ रोपनी जग्गा सरकारले एनएफडीसीलाई सिनेमा प्रवद्र्धन गर्न दिएको तर अहिले ६.५५ रोपनी मात्र बाकी रहेको मन्त्रीले आक्रोश पोखे ।
बालाजुको जग्गा खोज्न उनले विकास बोर्ड अध्यक्षलाई पनि आग्रह गरे । उनले, बालाजुको जग्गा खाने मानिसलाई पानी मुनी गएपनि नछाड्ने चेतावनी दिएका छन् । उनले चेतावनी दिदा विकास बोर्डको हलमा उपस्थित भएका फिल्मीकर्मीले सहमती जनाए ।
संचारमन्त्रीले बक्स अफिस लागू गरेको भनेर भने । उनले, बक्स अफिस लागू भएपछि यसका समस्यामा बहस गर्ने बताएका छन् ।
नेपालमा हलवालाहरुले आधा बर्ष नेपाली फिल्म चलाउन पर्ने कानुन आउँदैछ भनेर संचारमन्त्रीले बहस सुरु गरेको भनेका छन् । संचारमन्त्रीले बहस सुरु गरेको भनेर नेपाली फिल्म आधा बर्ष हलमा चलेपनि नचलेपनि चलाउन पर्ने भनेका छन् ।
यो बहसमा सहभागी हुन उनले फिल्ममा काम गर्ने सबैलाई आग्रह गरेका छन् । संचारमन्त्रीले सरकारले फिल्म क्षेत्रको लागि काम गरिरहेको छ भनेर फिल्मीकर्मीलाई आश्वास्त पार्न खोजेका थिए ।