फेसनमुखी स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्कालाई फलिफाप छ । स्वस्तिमा खड्का नेपालमा छोटो समयमा चलिन् । नेपाली फिल्ममा उनलाई चल्न नाई नभन्नु ल, छक्का पन्जा जस्तो ब्रान्डले साथ दिएको हो ।

स्वस्तिमाले अभिनय गरेको बुलबुललाई सार्क फिल्म फेस्टिभलमा देखाइदैछ । सार्क फिल्म फेस्टिभलमा अभिनेत्री गरिमा पन्तले अवार्ड जितेकी थिइन्, झोलाबाट ।

झोलामा गरिमा पन्तले बनाएको इतिहास स्वस्तिमालाई पनि बनाउने अवसर छ । स्वस्तिमा अहिले यो बर्ष हजार जुनी सम्म र घामट शेरेमा काम गरेकी छिन् ।

स्वस्तिमाको इन्स्टाग्राम हेर्दा उनी फेसनमा बढी जागरुक छिन् । स्वस्तिमाको फोटोसुट, पोष्ट भएका फोटोहरुमा उनी बढी केन्द्रित छिन् ।

उनले फोटोमा बढी फेसनलाई नै ध्यान दिएकी छिन् । फिल्ममा स्वस्तिमा सामान्य यूवती बन्छिन् । बुलबुल, घामट शेरेमा उनको भूमिका यस्तै छ ।

फिल्ममा चल्न थालेपछि, महंगो पारिश्रमिक लिन थालेपछि स्वस्तिमा फेसनमा बढी रुची राख्न थालेकी हुन् भन्ने त वुझिन्छ । स्वस्तिमाको फेसन मोह यस्तै रहिरहोस् ।