भ्वाइसका लक्ष्मण पौडेललाई फिरोज तिमल्सिनाको खुल्ला पत्र

प्रिय लक्ष्मण दाई ,
पढेको थिए अन्याय गर्ने भन्दा सहनेलाई बढी पाप लाग्छ भनेर सो आफु माथी चरितार्थ गर्न चाहिन । हिलोमा ढुङा हान्दा छिट्टा आफैलाई लाग्छ भन्ने उखान जहि- तही लागु गरेर पनि नहुने रहेछ ।
कुरा सुरु बाटै गर्नु मन लागयो जब हामी ४ जनाको सहमतीमा सबै जना SHARE मा बसेर काम गर्ने मौफिक सहमती भएको कुरालाई पनि अस्विकार गर्नु हुन्छ भने त म यहाँनै लेख्न छोडीदिन्छु । त्यस पस्चात त्यो सम्झौता कहिल्यै लिगल पेपरमा परिणत भएन र अन्तत्: मैले VOICE अनि ANC छोड्ने निर्णय गरे किन कि म एक्लो परे त्यो बखतमा । त्यस पछी मेरो SALARY १५ लाख बाराबरको निस्कियो जस मध्य प्रल्हाद जि मार्फत दुइ किस्तामा ५-५ लाख प्राप्त गरे, अन्तिम किस्ता म US उड्ने दिनमा थियो । मैले ANC को लागी लिएको रिण एक लाख चालिस हजार पनि बल्ल बल्ल अन्तिम घडीमा प्राप्त गरे । बाकीको ५ लाख समयसँग तपाइले बिर्सिनु भो जस्तो लागयो “नेपाल लाईभ” मा तपाईंको जवाफ पढ्दा । यो खुल्ला पत्र तपाईंलाई त्यही बाकी रकम याद दिलाउन लेखिराखेको छु ।
घरी घरी आफ्नै काम बढाइ-चौढाइ लेख्न त मन थिएन तर कसैको पसिना बिर्सिने टिम लाई यो सम्झाउन जरुरी छ ।खराब सिस्टमसँग लड्न हतियार “सहने” मात्र होईन, त्यस्को बिरुद्ध जाने हिम्मत गर्नु पनि हो नत्र उमालेको पानीमा राखेको भ्यागुताको काहनी हर कोहीको बन्न सक्छ ।
यतीक बर्ष तपाईंसँग काम गरे, एक हिसाबले गुरु नै मानेको थिए । मेरो साचो कर्म देख्ने मान्छेको रुपमा हेरेको थिए तर कुन पैसा ? ? ? वाला प्रसँग ले मैले मान्छे चिन्न पो धोखा खाएकी भन्ने भान भैराखेको छ । तलको “स्क्रीन शट्” हालेको छु “१७ सेप्टेम्बर्, २०१८” को जहाँ म तपाइसँग सहयता माग्दै छु त्यो पैसा पाउनका लागी र तपाईं मलाई आस्वासन दिदै हुनुहुन्छ । के यती काफी छ हजुरलाई याद दिलाउन का निम्ती ?
मैले गरेको काम , मेरो मेहेनत बराबरको रकम त्यो हो,होईन, म जान्दिन तर तपाईं ले सोध्धा हुन्छ कि मेरो काम कस्तो थियो भनेर, चाहे Senior Producer कुबेर डङोलजि होस या त Senior Camera person सुसिल बानिया, जीवन रिजाल वा निराजन कार्कि,Production Manager रोशन कालिकोटे होस या त कोच बर्गहरु मा ।एक हिसाबले भनु भने सयौको बोझ बोकेर हिडेको थिए ।तपाईंलाई बिस्वास लाग्दैन भने यस्ता धेरै प्रमाणहरु छन जुन म पेश गर्न सक्छु । अब भन्नुस , मैले पैसा पाउने कि नपाउने ?
यो लडाइ मेरो पारिस्रमिकको मात्र रहेन, देशमा राजनिती सरकारी निकायमा मात्र होईन, प्राइभेट संस्थामा पनि उत्तिकै छिरेको छ जस्ले म जस्तो देश मै केहि गर्न खोज्ने युवा हरु लाई बितृश्णा जगाइदिएको छ , देश मा केहि हुन्न भन्ने ।यो कहिले सम्म ? ? ?