निर्देशकलाई केकीको बिहेको चिन्ता

अभिनेत्री केकी अधिकारी छ माया छपक्कैमा हिरोइन छिन् । यो फिल्म चलेमा केकीले करिअरमा पहिलो हिट फिल्म दिनेछिन् । केकीको उत्साह यही भएर होला ।

छ माया छपक्कै फिल्म घोषणा गर्दा कलाकार दिपकराज गिरीले अभिनेत्री केकी अधिकारीको बिहे हुने बताए । दिपकसँग काम गर्ने हिरोइनको बिहे भएको छ । दिपकले पनि केकीको अब बिहे हुन्छ भनेका थिए ।

केकीको बिहेको चिन्ता दिपकलाई परेको हो । अब, निर्देशक दिपेन्द्र लामालाई पनि परेछ । केकीको बिहे चाडै खान पाइयोस् भनेर दिपेन्द्रले शुभकामना दिएका छन् ।

केकी गायक आर्जन पाण्डेसँग प्रेममा रहेको भनेर भनिन्छ । केकीले आर्जन साथी भनेको पनि सुनिन्छ । दिपकले फिल्म बनाउन सुरु गर्दा नै केकीको बिहे हुन्छ भनेका थिए । अब छ माया छपक्कैका निर्देशकलाई पनि बिहेको चिन्ता केकीकै छ ।

केकीको बिहेको शुभकामना दिएर निर्देशकले संकेत गरेका हुन् कि चिन्ता गरेका केकीको ?