किन रोए अमिताभ ?
भारतीय अभिनेता अमिताभ बच्चनले एक भिडियोले आफ्नो आखामा आँसु भरिएको बताएका छन् । उनले समाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् । जसमा एक पिताले आफ्नी बोल्न नसक्ने छोरीको विवाहमा गीत गाइरहेका थिए । सो भिडियो हेरेर महानायक पनि भावुक हुदै रोए । सामाजिक संजालमा सक्रिय बच्चन अक्सर मनमा छुने भिडियो मात्र शेयर गर्ने गर्छन् ।
अमिताभ बच्चन आफ्नो उमेरको यो अवस्थामा पनि फिल्ममा लगातार काम गर्दै आएका छन् । उनी अहिले ब्रह्मास्त्र र गुलाबो सिताबोको शुटिङमा व्यस्त छन् । फिल्म ब्रह्मास्त्रमा उनका साथै रणवीर कपूर र आलिया भट्टको प्रमुख भूमिका छ । गुलाबो सिताबोमा उनको साथमा आयुमान खुरानाको भूमिका छ । उनले भर्खरै इमरान हस्मीसँग चेहरेमा पनि हस्ताक्षर गरेका छन् ।
He sang this for his deaf & dumb daughter at her wedding.
Everlasting Father’s love❤️❤️
बेटियाँ बहुत special होती है ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️@SrBachchan Ji pic.twitter.com/NKL9EiwQqc
— Jasmine Jani ❤️EF (@JaniJasmine) June 24, 2019
प्रतिक्रिया