बेनिशाको बडी
अभिनेत्री बेनिशा हमाल फिल्ममा कम जीममा ज्यादा समय बिताउँछिन् । उनलाई नेपाली फिल्म हेर्ने दर्शकले विश्वास गर्न सकेका छैनन् । बेनिशाले दर्शकलाई विश्वासमा लिने काम देखाएकी छैनन् ।
बेनिशा हमाल असफल फिल्मका कारण तनावमा देखिइन् । बेनिशा हमाललाई ब्लाइन्ड रक्स फिल्म चलिदिएको भए हुने । फिल्म युटुबमा आएपछि बेनिशालाई दर्शकले प्रशंसा गरे । फिल्म बनाउने मानिसलाई युटुबमा हिट भएर हुन्न । हलमा कलाकारले तान्नुपर्छ ।
बेनिशा फिगर बनाउन सिपालु छिन् । बेनिशाको मेहेनत देखिन्छ । उनलाई जीम गएर बनाएको फिगर देखाउन मन लागेको छ ।
बेनिशाले इन्स्टाग्राममा पोष्ट गरेकी छिन् एक फोटो । फोटोमा उनको जीमले सुगठित बनाएको शरीर देखिन्छ ।
बेनिशाले आफ्नो दिमागलाई पोजेटिभ सोच्न र शरीरका लागि कडा मेहेनत गर्न लेखेकी छिन् । बेनिशाको कडा मेहेनत देखिन्त । उनले पोजेटिभ सोचेर नै होला, फिल्म नहुँदा पनि उनी रमाइरहेकी छिन् ।
प्रतिक्रिया