करनमाथि बलात्कारको आरोप लगाउने महिला पक्राउ

भारतीय टेलिभिजन कलाकार तथा गायक करन ओवरोयमाथि बलात्कारको आरोप लगाउने महिलालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । करिव एक महिना अघि उक्त महिलाले बलात्कार तथा ब्ल्याक्मेल गरेको भन्दै उजुरी दिएकी थिइन् । करन पक्राउ पनि परेका थिए र जुन ६मा उनी जमानतमा रिहा भएका थिए ।

झुटो आरोपलगाएको आरोपमा हाल उनी आफै पक्राउ परेकी हुन् । उनले आफु माथि एसिड हान्ने प्रयास गरेको समेत बताएकी थिइन् । तर आरोपी अन्य २ लाइ पक्राउ गरि सोधपुछ गर्दा उक्त महिलाले नै प्लान बनाएर आफै माथि आक्रमण गर्न लगाएको पत्ता लागेको हो । उनले १० हजार भारु दिएर आक्रमणको नाटक गर्न लगाएकी थिइन् ।