रणवीरले ‘भनाई’ चोरेकै हुन् त ?
भारतीय अभिनेता रणवीर सिंहमाथि चोरीको आरोप लागेको छ । रणवीरले फिल्म ८३को छायांकनको समयको तस्विर सार्वजनिक गर्दै लेखेको शब्द आफ्नो नभएर चोरिएको आरोप लाग्यो ।
डब्लुडब्लुईका म्यानेजर पल हेमैनले उनलाई चोरीको आरोप लगाएका हुन् । रणवीरले भारतीय अलराउण्डर क्रिकेटर हार्दिक पाँड्यासँगको फोटो पोस्ट गर्दै हालेका थिए ।
रणविरले ट्वीट गर्दै ‘इट, स्लिप, कन्क्वयेर, रिपिट’ लेखेका छन् । पलले लैसनरलाई डब्लुडब्लुईको रिगंमा हरेकपटक उत्रदा यो नाराको प्रयोग गर्दै हौसाउने गर्थे । त्यससँगै लेसनरले लगाउने पहिरनमा समेत यो शब्दको प्रयोग गरिएको छ । के रणवीरले साचै चोरेकै हुन् र ? समयले बताउला ।
प्रतिक्रिया