‘फाटेको जुत्ता २’ गफै भो
निर्माता अर्जुन कुमारले फाटेको जुत्ता फिल्म हिट बनाए । उनले फिल्म हिट भएको भनेर राखेको कार्यक्रममा फाटेको जुत्ता २ घोषणा भएको थियो । फाटेको जुत्तामा सौगात मल्ल थिए, प्रियंका कार्की थिइन् ।
फाटेको जुत्ता २ बनाउने भनेका अर्जुनले सीमा पनि तोकेका थिए रिलिजको । उनले तोकेको रिलिजको सीमा चैत्र २९ हो । फिल्म रिलिज भैसक्न पर्ने हो । तर, रिलिज भएन । फिल्मलाई फाटेको जुत्ताका निर्देशक निकेश खड्काले नै निर्देशन गर्ने भनिएको हो ।
फाटेको जुत्ता २ अभिनेता सौगात मल्ल खेल्न तयार भए । उनी पत्रकार सम्मेलनमा थिए । फाटेको जुत्ता २ हतारमै घोषणा गरिएको थियो । फाटेको जुत्ता हिट देखाउन फाटेको जुत्ता २ घोषणा गरीएको थियो । फाटेको जुत्ता २ बन्ने त अब खै न भयो ।
अर्जुन कुमार खै भन्न सिपालु छन् । फाटेको जुत्ता २ बनाउँछु र चैत्रमै रिलिज गर्छु भनेका अर्जुनलाई यो ब्रान्ड बिकेर खाउला भन्ने त लागेनछ । उनी, चपली हाइटको नाम बेच्न लागेका छन् । चपली हाइट ३ बनाउन उनी लागेका छन् ।
निकेश खड्का नै निर्देशक छन् । सौगात मल्ल नै अभिनेता छन् । फाटेको जुत्ता २ त बनेन । चपली हाइट ३ त बन्छ होला नी । कि यो भने घोषणा मात्र हो । खै खै, वुझिएन अर्जुन कुमारजी ।
प्रतिक्रिया