बर्षालाई विपिन भए पुग्छ

फिल्ममा काम गरेपछि कलाकार नजिक हुन्छन् । फिल्ममा काम गरेपछि कलाकार झगडा पनि गर्छन् । फिल्ममा काम गरेर कलाकारको सम्बन्ध सकिन्छ, जोडिन्छ पनि ।

अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतले ३ वटा फिल्ममा काम गरे । वर्षाले विपिनसँग जात्रा, गोपी, जात्रै जात्रामा काम गरेकी छिन् ।

वर्षा र विपिन ३ वटा फिल्म खेलेर पनि हुनसक्छ, नजिक छन् । वर्षाले नै विपिन आफूले समस्या, खुशी साट्ने एक साथी भएको बताउछिन् । विपिनले पनि वर्षालाई नजिकको साथी मानेका छन् ।

दुबैले खेलेको फिल्मको कार्यक्रममा जाने हो भने, दुइलाई एक अर्का भए पुग्छ । जात्रै जात्राको स्पेशल शोमा विपिन र वर्षा यस्तै नजिक थिए ।

उनीहरुले फिल्म पनि सँगै हेरे । विपिन र वर्षा भएर खाजा खाए । विपिन र वर्षाले साथ छाडेनन् ।

जात्राबाट जोडिएको मित्रता फराकिलो बनेको छ । वर्षालाई विपिन भए पुग्ने हो कि भन्ने कार्यक्रममा उनीहरुको निकटता हेर्दा पनि चर्चा चल्छ ।