फोपीमा रिलिज भयो एश्वर्य

रमेश उप्रेतीको फिल्म एश्वर्य फोपीमा रिलिज भएको छ। बिगत १० महिना यता दुई दर्जन जति फिल्म रिलिज भै सकेको र विश्वभरी यसरी नेपाली फिल्म बजार बिस्तार भैरहेको जानकारी फोपीले दिएको छ । तीन लाख भन्दा बढी पटक डाउनलोड भएको यस एपमा नयाँ नेपाली फिल्महरु प्रदर्शन गर्ने गरिएको छ।
 
गत वर्ष कार्तिक ९ गते हलमा प्रदर्शनमा आएको फिल्म एश्वर्यले हलमा पनि राम्रो व्यपार गर्न सफल भएको थियो। प्रेमकथामा आधारित द्वन्द्वात्मक कथानक फिल्म एश्वर्यले पहिलो पटक विश्वभरि एकै पटक डिजिटल रिलिज गरेको जानकारी दिएको छ । यो फिल्ममा रमेश उप्रेती, दिपिका प्रसाई, प्रशान्त ताम्राकार र केकि अधिकारी मुख्य भुमिकामा छ्न । वैशणौ देवि फिल्मसको व्यानरमा दिवाकर भट्टराईको निर्देशनमा बनेको यो फिल्मलाई अर्जुन श्रेष्ठ र किरण उप्रेतीले निर्माण गरेका हुन। रमेश उप्रेतीको कम्ब्याक मानिएको यस फिल्मले प्रदर्शनमा एकदमै राम्रो प्रशंसा बटुल्न सफल भएको थियो।
फोपीमा विश्वको प्राय जसो देशबाट आफ्नै मोबाइलमा जुनसुकै ठाउँबाट नेपाली फिल्महरु हेर्न सकिन्छ। हरेक फिल्म हेर्दा ग्रहकले केही रमक तिर्नु पर्ने छ। नेपालमा यसरी फिल्म हेर्दा रु ३० वा रु ५० तिर्नु पर्ने छ। यसरी फिल्म हेर्न आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेस वा खल्ती वा इसेवाबाट पैसा तिर्न सकिने छ। यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड वा सेभेन इलेभेन र अन्य देशहरुमा बैकंको कार्डबाट फिल्म खरिद गर्न सकिन्छ। यसरी प्रदर्शन गरिएको फिल्मबापत डिजिटल राईट्स ओनरहरुले पैसा पाउने गरेका छ्न् । यस एपका संस्थापक अध्यक्ष प्रशान्त राज कार्कीका अनुसार पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउने उदेश्य यस एपको रहेको छ। आफुहरुले नेपाली फिल्मलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी कार्कीले दिएका छन। यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ।
 
यसता एपहरुले नेपाली फिल्मको डिजिटल युग प्रारम्भ गरेको छ र नेपाली फिल्मको विश्वबजारीकरण र व्यवसायीक्तामा मनग्य टेवा पुर्याएको छ।